काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)मा आएका पूर्वमन्त्री शेरबहादुर तामाङ र उषाकला राई ओली पक्षमा प्रवेश गरेका छन् ।
केही समय अगाडि ओली पक्ष हुँदै दाहाल–नेपाल पक्षमा भित्रिएका तामाङ दम्पत्ती पुनः ओली पक्षमा प्रवेश गरेका हुन् ।
तामाङ विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य हुन् ।
प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राई छिन् । शेरबहादुर र उषाकला दम्पत्ती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् ।
तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर दाहाल–नेपाल पक्षमा लागेका थिए ।
तामाङले भने–प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिड्न सकिएन, त्यसैले हामी अब संस्थापन नेकपा मा नै छौ ।’
आजै विराटनगरमा आयोजना हुने आमसभाबाट उषाकलाले ओली पक्षमा लागेको घोषणा गर्ने बताइएको छ ।