तपाईंलाई थाहा नहुनसक्छ, यी कुराले कमजोर बन्दै हुनुहुन्छ !


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । चिसो मौसमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ । मानिसको सामान्य गल्तीका कारण इम्युनिटी पावर कमजो हुँदै गएको हुन्छ ।

शरिरमा रोग प्रतिरोधात्मक क्षमता कम भएपछि विभिन्न बिरामीले र ब्याक्टेरियाले आक्रमण गर्छन् । मानिस बिस्तारै कमजोर बन्दै जान्छ ।

मानिसको इम्युनिटी पावर कम हुने कारण

पानी कम हुनु

चिसो मौसममा पानी प्यास कम लाग्छ । यसको मतलब शरिरमा पानीको कमि छैन भन्ने होइन मानिसको शरिरले मात्रा अनुसार पानी खोजिरहेको हुन्छ । चिसो मौसममा पनि हामीले पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छछ ।

फलफूल नधोएर खानु

बजारबाट किनेको फलफूललाई नधोएर कहिल्यै खानु हुँदैन । ती फलफूलमा लागेको रसायनले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई कम गर्दछ । सागसब्जी र फलफूललाई राम्रोसँग धोएर मात्रै खानुपर्दछ ।

जंक फूड

बजारमा पाइने बस्तुको सेवनले मानिसको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ । यसको धेरै सेवनले मोटोपन बढाउँछ । बजारको वस्तु सेवनले मानिसको शरिरलाई दुरगामी असर गरिरहेको हुन्छ ।

चिनीयुक्त पदार्थको सेवन

शरिरमा चिनीयुक्त पदार्थको अत्याधिक सेवनले पनि धेरै किसिमका बिरामीलाई निम्त्याएको हुन्छ । कुुकिज, डुनटलगायतका वस्तुको सेवनले शरिरमा ग्लूकोजको मात्रालाई कन्ट्रोल गरिरहेको हुन्छ । यसको सिमित मात्रामा प्रयोग गर्नुपर्दछ ।

नुनको सेवन

नुनको अत्याधिक सेवनले पनि प्रेसर बढ्ने गर्दछ । नुनले पानीको मात्रालाई समेत सुकाएको हुन्छ । शरिरमा एक चिजको मात्रै अनब्यालेन्स भएका रोग लाग्ने सम्भावना बढेर जान्छ ।

खाना खाइरहने

अधिकांश मानिस आफ्नो तौल घटाउन र पिटनेस बन्ने वहानामा खाना खाँदैनन् । यसले शरिरमा समस्या गरिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्