पूर्व एमालेको गणित शुरु, बलियो पंक्तिको दबदबा देखियो !


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनले नेता कार्यकर्ताहरु विक्षिप्त भएका छन् । अहिले पूर्ववत एमाले एक हौँ भन्ने नारा समेत लगाइन थालिएको छ ।

२०७५ सालमा नेपालका दुई बामघटक एकिकृत भएर ठूलो दल नेकपा बन्यो । एकता भएकै केही महिनाबाट शक्ति सन्तुलनको टकराव शुरु भइसकेको थियो । पार्टीमा कुटनैतिक तवर प्रधानमन्त्री केपी शर्मा ओली पहिलेदेखि नै बलियो बन्ने प्रयत्न गरिरहेका थिए ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ झण्डै चौथो दलमा सिमित हुन थालेको पूर्व माओवादीलाई एमालेसँग एकता गर्न पाउँदा प्रफुल्लित थिए । उनले नेपाली इतिहासमा कम्युनिष्टको एकता ठूलो उपलब्धिका रुपमा परिभाषित गर्दै थिए ।

केही समय बिरामी भएका प्रधानमन्त्री ओली दोस्रोपटकको मृगौला प्रत्यारोपणले जब तन्द्रिदै गए नेकपाको विवाद सतहमै देखिन थाल्यो । यतिसम्मकी प्रधानमन्त्री ओलीले आफू मर्ने पक्का भएको भन्दै एकता गरेको र पद र सत्ताका निम्ति नै एकता भएको ठोकुवा गर्न थाले ।

ओलीले प्रचण्डलाई नटेर्ने, प्रचण्डले ओलीलाई नटेर्ने स्थिति पैदा भयो । प्रधानमन्त्री ओली बैठकमा समेत उपस्थित हुन छोडे । यी सबै घटनाक्रमले अहिले नेकपाको एकता बालुवामा पानी भएको छ ।

केही नेता, कार्यकर्ताको आवाज पूर्व एमाले एक हौँ भन्ने तर्फ गएको छ । पूर्व एमाले तर्फको गणित हेर्दा माधवकुमार नेपाल बलियो देखिन्छन् ।

माधव नेपाल र झलनाथ खनालसँग रहेको स्थायी समिति संख्या :

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३.अष्टलक्ष्मी शाक्य
४. भीम रावल
५. युवराज ज्ञावली
६. घनश्याम भुषाल
७. गोकर्ण विष्ट
८. योगेश भट्टराई
९. भीम आचार्य
१०. सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. रघुजी पन्त
१३. वेदुराम भुषाल
१४. अमृत बोहरा

केपी शर्मा ओलीसँग रहेको स्थायी समिति संख्या :

१. केपी शर्मा ओली
२. ईश्वर पोखरेल
३. प्रदीप ज्ञावली
४. पृथ्वीसुब्बा गुरुङ
५. शंकर पोखरेल
६. विष्णु पौडेल
७. सत्यनारायण यादव
८. सुवास नेम्बाङ (पार्टी एकतामा मनोनित)
९. विष्णु रिमाल (पार्टी एकतामा मनोनित)

बामदेव गौतम (उपाध्यक्ष) हाल राष्ट्रिय एकता अभियानको संयोजक

प्रतिक्रिया दिनुहोस्