प्रधानमन्त्री ओली बृहत्त जनसभालाई सम्बोधन गर्न विराटनगर जाँदै


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदैछन् । विराटनगरमा ओली पक्षीय जनसभाको आयोजना गरिएको छ ।

प्रधानमन्त्री ओलीले जनसभामा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । जनसभामा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेता सुवासचन्द्र नेम्बाङ विराटनगर जाँदैछन् ।

नेम्बाङ र बादलले पनि जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेश कमिटीले फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओली बुटवल पुगेका थिए ।

नेकपाका दुवै पक्षले अहिले भेला र सभालाई तीब्रता दिएका छन् । विभाजित भइसकेपछि आफ्नो पक्षमा मास देखाउन दुवै पक्ष उत्तिकै सक्रिय छन् ।

नेकपाको विवादका कारण अहिले कामचलाउ सरकार पदासीन छ । सरकारले बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेको छ ।

तर, दाहाल–नेपाल पक्ष, नेपाली कांग्रेस, राजपालगायतका दल बैशाखमा निर्वाचन हुनै नसक्ने पक्षमा उभिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्