टर्कीमा आकर्षण न बजार न मूल्यसूची


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक एक युवाले टर्की पालन सुरु गरेका छन् । राम्रो बजार व्यवस्थापन भए टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय जातका कुखुरापालन गर्ने योजना बनाएर सुरु गरेका युवाले बजार नपाउँदा समस्या भएको गुनासो गरेका छन् ।

देशमा रोजगारीको लागी भौतारी रहेका युवाहरुको बढदोँ लहरका बिच डडेल्धुराका एक युवाले भने गाउँमै व्यावसायको थालनी गरेका छन् । जिल्लाको अमरगढी नगरपालिका २ मौरोडाका सुरेश भण्डारीले जिल्लामै पहिलो पटक टर्की जातको कुखुरा पालन गरेका हुन्। गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका भण्डारीले ४ महिना अघि कैलालीको अत्तरीयाबाट ६२ वटा चल्ला ल््याएर टर्की पाल्न सुरू गरेका हुन् । भण्डारीले २ वटा कुखुरा पालन गर्ने जस्तै बनाएका खोरमा अहिले ११० टर्की पालन गरेका छन् ।

विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्ने भण्डारीले सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालन सम्बन्धी जानकारी पाएपछि यसतर्फ आकर्षित भएका हुन्। । बोइलर कुखुरा व्यवसाय भन्दा यो पालन सजिलो भएपनि पहिलो पटक पालन सुरु गरेकाले बजार व्यबस्थापन गर्र्न समस्या भएको भण्डारीको भनाई छ ।


उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिने भएकाले यसको माग बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्