काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर दुईका प्रदेश प्रमुखलाई हटाएर सिंगो दलित समुदायमाथी अभद्र व्यवहार गरेको नेकपा (दाहाल-नेपाल पक्ष) का अध्यक्ष पुष्पकमल दाहालले आरोप लगाएका छन ।
प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई हटाइनु निरंकुशता र संविधानको हुर्मत लिएको दाहालको भनाई छ ।
गंगा दाहाल फेसबुकबाट लेख्दै प्रचण्डले ओलीले निचताको पराकाष्ठा देखाएको दाबी गरे।
एकपछी अर्को गलत कदम लिइरहेका ओलीको प्रतिगामी कदमविरुद्द सबै एकजुट हुन उनको आग्रह छ । अहिले प्रतिनिधि सभा विघटनपछी नेकपाबीच विवाद बढ्दै गएको छ ।