शुरुको भेटमा च्याप्प अंगालोमा बेरे, भुतुक्क भइन्…


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

मानिस प्रेमको अन्धो हुन्छ । प्रेमका प्रकारहरु भने फरक–फरक हुन्छन् । साथीसाथी बीच हुने प्रेम, बुवा छोराबीच हुने प्रेम र अन्य मानिससँग गरिने प्रेम फरक नै हुन्छ ।

पछिल्लो समय मानिस प्रेम भन्दा पनि असहिष्णु बन्दै गएको केही घटनाक्रमले देखाउँछ । बैतडीमा भएको घटना, कञ्चनपुरमा भएको घटना यसले प्रेमलाई नाङ्गो बनाइरहेको छ ।

समाजमा अब नयाँ चेतको विकास गर्नुपर्ने देखिएको छ । मानिस किन क्रूर बन्छन् ? किन सामान्य कुरालाई मृत्युसम्म पु¥याउँछन् यसको वास्तविकता खोतल्न जरुरी छ ।

मनिस रिसाउने असहिष्णु बन्ने धेरै कारण छन् । ऊ आफूलाई जब एक्लो महसुश गर्छ वा आर्थिक रुपमा कमजोर बन्दै जान्छ त्यसपछि मनमा गलत मनोवृत्तिले डेरा जमाउँछ ।

पछिल्लो समय बढ्दो प्रविधिसँग सामिप्यता राखेको मान्छे त्यसकै सिको गर्दै पनि बिग्रिएका छन् ।

पहिलो भेटमा प्रेमिल मान्छे मुस्कुराउँछन् । एकले अर्कोलाई हेर्छन र अंगालो मार्छन् । तर अहिले क्रूर सोचका केही मानवीयता नभएका व्यक्तिले गलत मनोवृत्तिका कारण नारी अस्मितालाई बिर्सिरहेका हुन्छन् ।

सामान्य घटनाक्रममा साथीभाईसँगको गफमा पनि अहिलेका युवाको फरकै कुरा हुन्छ मैले त च्याप्प अंगालोमा बेरे । उनी भुतुक्क भइन् रे !

प्रतिक्रिया दिनुहोस्