निर्वाचन आयोगसँग रिसाए प्रधानमन्त्री ओली, आयोगले के गर्यो त्यस्तो ?


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगसँग असन्तुष्ट देखिएका छन् । बैशाख १७ र २७ गते हुन लागेको मध्यावधि निर्वाचनको तयारीमा आयोगले तदारुकता नदेखाएको उनको भनाइ छ ।

७१ औँ प्रजातन्त्र दिवसका अवरमा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले मध्यावधि चुनावको तयारी गरिरहेको बताएपनि देखिने गरी काम हुन नसकेको बताए ।

एनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायहरूले निर्वाचनको तयारी समयमा गर्नुपर्छ । मैले पुस ५ मा प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि पुस ६ मा निर्वाचन आयोगलाई बोलाएर अब निर्वाचनको तयारी गर्नुस् भनेको छु ।’

उनले आफू पनि निर्वाचन आयोग गएर बुझेको बताए । बैशाख १७ गते आउन दुई महिना मात्रै बाँकी रहँदा आयोगको काम सुस्त रहेको ओलीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्