ओली सरकारको गृहमन्त्री बन्न लागेको हल्लापछि बामदेवले मुख खोले…


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाली राजनीतिक परिवर्तनका अनुयायी नेकपाका उपाध्यक्ष बामदेव गौतम बेला बखत चर्चामा आइरहने पात्र हुन् । उनी हक्की स्वभावका व्यक्ति हुन् । मनमा कुरा चपाउन फिटिक्कै मन पराउने उनी राजनीतिमा बेला बखत गोटी बन्ने गर्छन् ।

कम्युनिष्टमा एउटा उखान छ, ‘बामदेव भएर पनि हुँदैन, नभएरपनि हुँदैन ।’ यसको तात्पर्य महत्वपूर्ण जिम्मेवारीमा उनलाई विश्वास पनि गरिदैन् संगठन निर्माणमा उनको महत्वपूर्ण योगदान पनि छ ।

अहिले पनि नेकपा विभाजनको संहारमा उनी दृढ भएर बसेका छन् । आफू एकताको पक्षमा रहेको बताउने बामदेवलाई बेला बखत सञ्चारमाध्यमले अनायासै कोट्याउने गरिरहेका हुन्छन् । केही समयअघि बामदेव गौतम ओली पक्षको मन्त्रिपरिषद्मा गृहमन्त्री बन्ने हल्ला चलाइएको थियो । यसको उनले खण्डन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै गौतमले भनेका छन्, ‘मलाई प्रधानमन्त्री ओली सरकारको मन्त्रिपरिषद्मा गृहमन्त्री बन्न लागेको हल्ला निराधार र कपोकल्पित हो । त्यस्ता समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गर्दछुँ ।’

गौतमले नेपाली राजनीतिमा निकै योगदान दिएका छन् । अहिलेको विषम परिस्थितिमा पनि उनको एउटै चाहाना नेकपा मिलाउने रहेको छ । ओली र दाहाल–नेपाल पक्षलाई एक ठाउँमा ल्याएरै छोड्ने उनले प्रण पनि गरेका छन् ।

बामदेव गौतमले अहिले ५५१ जनाको केन्द्रीय कमिटी पनि बिस्तार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्