कांग्रेस सभापति देउवाले थर्काए पार्टीकै नेतालाई !


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाखमै निर्वाचन हुनुपर्ने भन्दै त्यसको विरोध गर्ने आफ्नै पार्टीका नेतालाई थर्काएका छन् ।

नुवाकोट पुगेका सभापति देउवाले पार्टीका सबै नेताहरुले संसद पुनस्र्थापना हुनुपर्ने बताएपछि त्यसका पछाडि नलाग्न भन्दै आक्रोशित बनेका हुन् । एकै मञ्चमा भएका सभापति देउवा र कांग्रेसका अन्य नेताहरुबीच मत बाझिएपछि कांग्रेसमा थप संकट निम्तिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनाभित्र निर्वाचन नगराए हटाउने बताउँदै देउवाले निर्वाचनको तयारी गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

अझै पनि समय रहेको भन्दै आआफ्नो स्थानमा गएर निर्वाचनमा होमिन उनको निर्देशन थियो । सभापति देउवाले प्रचण्डको पछाडि नलाग्न र निडर भएर बोल्न समेत नेता कार्यकर्तालाई भनेका छन् ।

देउवाले भने, ‘मैले त उतिबेलै भनेको हो कम्युनिष्टले जिते भने बोल्न पनि पाइदैन । अहिले आएर हाम्रा साथीहरू ओलीको खिलाफमा बोल्न सक्ने भएछन् । तर प्रचण्डविरुद्ध बोल्न डराउँछन् । बिचराहरुलाई प्रचण्डको डर अझै हटेको रहेनछ ।’

आफ्ना पार्टीका नेताहरुले ओलीविरुद्ध बोल्न थाले पनि प्रचण्डविरुद्ध बोल्न डराएको भन्दै प्रचण्डले आफूलाई समेत झण्डै मार्न खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्