निर्वाचन आयोगको भनाइले दाहाल–नेपाललाई दबाब !


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले तोकिएको समयमा मध्यावधि निर्वाचन भएरै छोड्ने स्पष्ट पारेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको मितिमा निर्वाचन गर्नका लागि सम्पूर्ण तयारी भइरहेको बताएका छन् ।

पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै थपलियाले प्रक्रिया अगाडि बढिसकेकाले निर्वाचन रोक्न नमिल्ने बताए । उनले भने, ‘निर्वाचनको आचारसंहिता मस्यौदा तयार भइसकेको छ, चुनावका लागि आवश्यक सामाग्री किन्ने विषयमा कुरा अगाडि बढिसकेको छ ।’

थपलियाले थपे, ‘सरकार, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज सबैले निर्वाचनलाई समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छुँ ।’

निर्वाचन आयोगले निर्वाचनको पक्रिया अगाडि बढाइरहेका बेला मुलुकको ठूलो दल नेकपाको विवाद भने टुंग्याउन सकेको छैन । नेकपाका विभाजित दुई पक्षमध्ये दाहाल–नेपाल पक्षमा केन्द्रीय सदस्यको बहुमत भएपनि उसले आधिकारिकता पाएको छैन । आज दाहाल–नेपाल पक्ष नागरिकता बोकेर आयोग जाँदैछ ।

यसअघि निर्वाचन आयोगले पुस ५ गते पछाडिका नेकपाका सबै निर्णयहरु भने बदर गरेको थियो । वैधानिक तवरले नेकपा फुटिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्