बागमती प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्दै, यी हुन् मुख्यमन्त्रीका अनुहार !


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेकपाको विवादका कारण बागमती प्रदेशमा कांग्रेसको हातमा सत्ता जाने संकेत देखिएको छ । प्रदेश सरकारलाई स्थीर बनाइराख्न कांग्रेसले भूमिका खेल्ने निष्कर्ष बागमती प्रदेशमा सरकार गठन हुन लागेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपा (दाहाल–नेपाल पक्ष)ले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै विवाद उत्कर्षमा पुगेको छ । बागमती प्रदेशमा नेकपा दाहाल–नेपाल पक्षमा ४५ जना, ओली पक्षमा ३५ जना र कांग्रेसका २२ जना सांसद छन् । विवेकशीलका ३ जना, राप्रपाका २ जना र एक जना स्वतन्त्र सांसद छन् ।

सरकार बनाउनका निम्ति कांग्रेसले अनिवार्य सहयोग गर्नुपर्ने देखिएको छ । कांग्रेस सरकारमा नगए नेकपाका दुवै पक्ष अल्पमतमा पर्नेछन् । नेकपाका दुवै पक्षले कांग्रेसलाई सहयोग गर्ने पनि बताइरहेका छन् ।

दाहाल–नेपाल पक्षले आफूहरुलाई साथ दिन कांग्रेसलाई भनेको छ, भने ओली पक्षले आफू तर्फ कांग्रेसलाई रिझाउन खोजिरहेको छ । कांग्रेसका तर्फबाट बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई कांग्रेसले साथ दिने छैन ।

उनीहरुले दाहाल–नेपाल पक्षलाई साथमा लिएर सत्ता सञ्चालन गर्न खोजिरहेका छन् । कांग्रेसका तर्फबाट बागमती प्रदेश संसदीय दलको नेता ईन्द्र बानियाँ छन् । श्रेष्ठले भने, ‘ईन्द्र बानियाँ मुख्यमन्त्री बन्ने पक्का भइसक्यो ।’

प्रतिक्रिया दिनुहोस्