आज फागुन ७ प्रजातन्त्र दिवस, राष्ट्रपति भण्डारीको शुभकामना सन्देश


ओकेजनता डेस्क
७ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले अबलम्वन गरेको प्रणालीलाई संस्थागत गर्न सबै एकजुट हुनुपर्ने बताएकी छन् ।

फागुन ७ गते आज प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले मुलुकमा दीगो शान्ती, अमनचयन, विकास र समृद्धिको संकल्प गर्नुपर्ने बताइन् ।

प्रजातन्त्र स्थापनाका लागि ठूलो त्याग बलिदान गर्नुपरेको स्मरण गर्दै उनले यो व्यवस्थाको बर्खिलाप कसैले जान नमिल्ने जिकीर गरिन् । मुलुकको संविधान विशिष्ट प्रकृतिको भएकोले यसले सबै जात, धर्म, लिङ्गको रक्षा गरेको उनको भनाइ छ ।

प्रजातन्त्र स्थापनाका खातिर घाइते, अंगभंग भएका, परिवार गुमाएका सबैलाई भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामनासहित चीरस्थायूको कामना गरेकी छन् ।

विक्रम संवत् २००७ को क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीराङ्गना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रतिक्रिया दिनुहोस्