भागरथी हत्या आरोपी दिनेश भट्टका बुवाले आज छोरालाई भेट्दा…


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको हत्या दिनेशले नै गरेको पारिवारिक स्रोतले पनि स्पष्ट पारेको छ । दिनेश भट्टका बुवा दीपकराज भट्टले आपफ्नै सामू हत्या स्वीकार गरेको बताए ।

प्रहरीले दिनेशका आफन्त बोलाएर उनले नै हत्या गरेको बताएको थियो । दीपकले भने, ‘छोराले मैले नै हत्या गरेको हुँ भनेको छ । मेरै अगाडि स्वीकार गरिसक्यो कसरी नपत्याऊ !’

तलको समाचार पढ्न तस्बिरमा क्लिक गर्नुहोस् ।

भागरथी र दिनेशका परिवारबीच यस्तो मनमुटाव, आमा भन्छिन्– दिनेश दिउँसै आएको थियो…

घटना भएको दिन २१ ग्ते साँझ पनि दिनेश घाम छँदै घरमा पुगिसकेका थिए । ज्याला मजदूरी गरेर खाने दिनेशका बुवाले भागरथी हराएको थाहा पाएपछि दोस्रो दिन छोरालाई सोधेका थिए, भागरथीलाई देखिस् ? तर, दिनेशले आफूले नदेखेको र केही नगरेको बताएका थिए ।

तर, घटना भएको तेह्रौँ दिनमा प्रहरीले हत्यारा सार्वजनिक गर्दैछ भन्ने हल्ला गाउँभरी चल्यो । क्रमशः प्रहरीले कल डिटेल र अन्य अनुसन्धानले हत्यारा भागीरथीकै छिमेकी आफन्त भएको बतायो । हुँदै जाँदा दिनेश भट्ट नै हत्यारा भएको प्रहरी निष्कर्षमा पुग्यो ।

आफ्नै छोरा हत्यारा भएको थाहा पाएपछि दीपक छाँगाबाट खसेजस्तै भए । किनकी परिवारमा जान्ने सुन्ने उनै थिए । दिनेशका दुई बहिनी र एक भाई सुस्त मनस्थितिका छन् । दीपकले एकछिन त केही सोच्न सकेनन् । सर्वस्व हरण भएको महसुश गरे ।

जिल्ला प्रहरी कार्यालय बैतडीले दिनेशका बुवालाई पनि भेटका लागि बोलाएको थियो । उनी बिहीबार सदरमुकाम पुगेका छन् । आजै भएको भेटमा छोराले हत्या स्वीकार गरेको दीपकले बताए ।

तलको समाचार पढ्न तस्बिरमा क्लिक गर्नुहोस् ।

दिनेशको पारिवारिक स्थिति यस्तो छ, १६ वर्षीय दिनेशलाई कस्तो सजाय होला ?

उनले भने, ‘मैले नै हत्या गरेको हुँ, मेरै हातबाट हत्या भयो बलात्कार पनि गरेको हुँ ।’ यति भनिसकेपछि नपत्याएर के गरु । गाउँमा भाउजु (भागरथीकी आमा) दिनेशले यो हत्या गरेको होइन भन्दै हुनुहुन्छ । दिनेश यस्तो गर्नै सक्दैन भन्दै रोइरहनुभएको छ । उसले हत्या स्वीकार गरिसक्यो, दीपकले भने ।

दिनेशले भने ९ कक्षादेखिको रिसले भागरथीलाई मारेको वयान दिएका छन् । उनका अनुसार दिनेशले ९ कक्षामा स्कूल जाँदा भागरथीलाई गाली गरेको थियो ।

तलको समाचार पढ्न तस्बिरमा क्लिक गर्नुहोस् ।

कुकुर ल्याइएपछि गोठालो गए दिनेश, यसरी प्रहरी निगरानीमा थियो…

शिक्षकलाई कुरा लगाएको भनेर बेला–बेला दुईजना बीच झगडा हुने गरेको थियो ।

भागरथी नाताले दीपककी भतिजी हन् । दिनेश परिवारको जेठो छोरा हो । दीपकका अरू दुई छोरी र एक छोरा तीनै जना सुस्त मनस्थितिका छन् ।

दीपकराजलाई भरोसा भनेकै जेठो छोराको थियो, उसले भरोसा मात्र होइन सबै सपना टुटाइदियो ।

प्रतिक्रिया दिनुहोस्