शुक्रबार नागरिक समाजले टुँडिखेल घेर्ने


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । फागुन ७ गते अर्थात् शुक्रबार नागरिक समाजले टुँडिखेल घेर्ने भएको छ । बृहत्त नागरिक आन्दोलनले टुँडिखेल घेरेर घोषणपत्र पनि जारी गर्ने जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै (नेवारी, डोटेली, मैथिली, नेपालीलगायत बहुल भाषा)मा समाजले टुँडिखेल मार्चमा सहभागी हुन आम नागरिकलाई आह्वान गरेको छ ।

विज्ञप्ति अनुसार टुँडिखेलमा आम नागरिकको स्वामित्व भएकाले त्यो नाागरिककै अधिकारक्षेत्रमा आउनुपर्ने माग राखिएको छ ।

रत्नपार्क हुँदै भद्रकाली, सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्ने कार्यक्रम छ । त्यसपछि हुने सभामा बृहत नागरिक आन्दोलनले इतिहासकै पहिलो औपचारिक घोषणापत्र जारी गर्ने छ । त्यसपछि कविता वाचन र मन्तव्य हुनेछ ।

बिहीबार दाहाल–नेपाल पक्षको मानव साङ्लोले टुँडिखेल घेराउ गरेकोले नागरिक समाजले भने मार्चमात्र गर्ने बताएको छ ।

त्यसक्रममा विशाल टुँडिखेललाई एक फन्को लगाई पश्चिम गेटबाट नागरिक मार्च टुँडिखेल प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्