गायिका ईन्दिरा जोशीका हुनेवाला श्रीमान को हुन् ? औँठी पहिरिन्…


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । आफू प्रेममा नभएको बताइरहेकी गायिका ईन्दिरा जोशी प्रेममा रहेको आफै खुलाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ईन्दिराले आफू प्रेममा रहेको खुलाएकी छन् । उनले आफ्नो पोष्टमा हुनेवाला श्रीमानको पतस्बिर सार्वजनिक भने गरेकी छैनन् ।

तर, उनले औँलामा औँठी पहिरिएको तस्बिर सार्वजनिक गरेकी छन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिराले भनेकी छन्, ‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्