‘कसले भन्यो म न्यायालयको सम्मान गर्दिन’ : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै परेको रिटमा उनले लिखित जवाफ बुझाएका छन् ।

उनले जवाफमा आफूले न्यायालयको उच्च सम्मान गर्ने र दुराग्रहपूर्ण व्यवहार गर्न नसक्ने बताए । ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ,’ उनले भनेका छन् ।

उनले आफूविरुद्ध षडयन्त्र भएको भन्दै न्यायालयको पक्षमा हिजो पनि थिए आज पनि रहन्छु, भनेका छन् । विधिको शासन स्थापनार्थ आफूले खेलेको भूमिका बिर्सन नहुने ओलीको भनाइ छ ।

लामो समयदेखिको बन्दी शासनलाई स्वतन्त्रतामा परिणत गरेको भन्दै उनले आफूले न्यायालयलाई बचाएर समृद्ध मुलुकको कल्पना गरेको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्