कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध सशक्त बन्दै, आजपनि केन्द्रीय समिति बोलायो


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा बस्ने बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध थप सशक्त कसरी बन्ने विषयमा छलफल गर्ने प्रवक्ता विश्वप्रकाश शर्मादे बताए ।

काग्रेसले १४ औँ महाधिवेशनको मिति पनि तय गरिसकेको छ । १४ औँ महाधिवेशन २०७८ भदौ ७ गतेदेखि २० गतेसम्म हुने प्रवक्ता शर्माले बताए ।

नेपाली कांग्रेसमा पनि प्रतिनिधि सभा विघटनविरुद्ध दुई मत देखिएको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीप्रति लचिलो भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशक्त आन्दोलनको तयारी गर्ने पक्षमा छ ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोस् ।

कुकुर ल्याइएपछि गोठालो गए दिनेश, यसरी प्रहरी निगरानीमा थियो…

काठमाडौंलगायत देशका ठूला शहरमा आन्दोलन गर्ने पक्षमा कांग्रेसमा आवाज उठिरहेको छ । कांग्रेस पूरै सडकमा आउनुपर्ने पार्टीका नेता, कार्यकर्ताको भनाइ छ ।

बुधबारको केन्द्रीय समिति बैठकमा कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनस्र्थापित हुनुपर्ने बताएका थिए ।

यता, सभापति देउवाले सर्वोच्चमा गइसकेको मुद्धामा अहिले बोल्न नमिल्ने भन्दै बैठकमा टारेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्