विजय शाही भन्छन्, ‘म कहाँ आउनुहोस् ग्यारेन्टीसहित दिमाग परिवर्तन गरेर पठाउँछु’


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । मेमोरी किंगका रुपमा परिचित विजय शाही तेजिलो स्मरण शक्ति भएका व्यक्ति हुन् । उनले सामान्यतया एकपटक अध्ययन गरेको विषयवस्तुलाई लामो समयसम्म दिमागमा राख्न सक्छन् ।

उनमा यो अद्भूत कला पनि छ । केहीले दैविक शक्तिका कारण विजयले स्मरण शक्ति बढाएको हुनसक्ने आंकलन गर्छन् । तर, उनको मेहनत र लगनशीलताले पनि विजयलाई निखारिरहेको छ । कक्षा १२ मा अध्ययन गर्दादेखि आफूमा स्मरणशक्ति बढ्दै गएको बताउने विजय सामान्य परिवारबाट उदाएका व्यक्ति हुन् ।

केही समय अगाडि सामाजिक सञ्जाल युट्युवबाट चर्चामा आएका विजय शाहीलाई त्यहीँभित्रको गलत गिरोहले कमजोर समेत तुल्याएको थियो । उनको नक्कल गर्दै सञ्जालमा सक्रिय केही व्यक्तिहरुले डलर त झारे होलान् तर विजयको दिमागलाई लैजान सकेनन् । उनको दिमाग यतिबेला झन निखारिँदै गएको छ ।

उनले अहिले १२ जना भन्दा बढीलाई आफ्नो कला सिकाइसकेका छन् । उनको समूह सुर्खेतमा केही कार्यक्रम गर्नका लागि तयारी पनि गरिरहेको छ । भविष्य उज्ज्वल बोकेका विजयले अहिले भने हार मान्न छोडेका छन् । अब कम बोल्ने गरेर देखाउने प्रण गरेका विजयले पछिल्लो समय राम्रा व्यक्तिको सहयोग प्राप्त भएको बताएका छन् ।

नेपालको आइटी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तुरुप संग्रौला उनका लागि सिकाइका केन्द्र हुन् । अहिले संग्रौलाको माया स्नेहले आफूलाई थप उर्जा मिलेको विजयले ओकेजनतालाई बताए ।

पछिल्लो समय नेपालको बिग मिडिया हाउस जनता टेलिभिजन एचडीमा अन्तर्वार्ता दिएका विजयले आगामी दिनमा आफूमाथिका भ्रम चिर्दै जाने बताएका छन् । पत्रकार खेम बमलाई दाई मानेका विजय शाहीले उनीसँगको सम्वादपछि उर्जा थपिएको बताए ।

आफूलाई फ्रड भन्दै ह्यारेसमेन्ट गरेको समय सम्झिँदै उनी टेलिभिजनको स्टूडियोमै भक्कानिएका थिए ।

उनको बाल्यकाल, आगामी यात्रा र अहिले गरिरहेका कामबारे ओके जनतामा निरन्तर आइरहनेछ ।

प्रतिक्रिया दिनुहोस्