कस्तो थियो दिनेश भट्टको आनीबानी ?


ओकेजनता डेस्क
६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपी दिनेश भट्ट नाताले उनको भाई लाग्छन् ।

स्थानीय सनातन धर्म माविमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टको चालचलन हेर्दा सामान्य प्रकृतिको रहेको उनका शिक्षक बताउँछन् । उनी पढाईमा पनि सामान्य थिए ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोस् ।

विद्यालयमा उनले हालसम्म त्यस्तो कुर्नै पनि घटना गरेका थिएनन् । पारिवारिक अवस्था न्यून रहेका दिनेशको आम्दानीको स्रोत उनका बुवा नै हुन् । लामो समयदेखि भारतमा रोजगारी गर्दै आएको दिनेशका बुवा कोरोनाको संक्रमण दर उच्च भएपछि नेपाल फर्किएका थिए ।

कोरोनाको कहरले दिनेशको परिवारलाई झनै सिथिल तुल्याएको छ । बुवा दैनिक ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका छन् । उनको घरमा एक भाई र दुई बहिनी छन् । भाइबहिनीको अवस्था दिनेशको जस्तो अब्बल छैन । उनीहरु सामान्य छन्, सुस्तमनस्थितिका छन् ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोस् ।

यतिबेला दिनेशको कुकर्मले परिवारमा सान्नाटा छाएको छ । यो घटनामा गाउँले अझै पत्याइसकेका छैनन् । भागरथीकी आमा समेत दिनेश यस्तो गरेको हुनै नसक्ने बताउँदै आएकी छन् ।

यता, प्रहरीले सुक्ष्म अनुसन्धानबाट दिनेशकै हत्यामा संलग्नता रहेको पुष्टि गरेको छ । लोकेशन, कल डिटेल, चालचलन, सबैले उनी नै दोषी रहेको प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्