जसपाले फागुन ९ गते बृहत्त प्रदर्शन गर्दै


ओकेजनता डेस्क
५ फाल्गुन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध भन्दै जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गर्दैछ ।

फागुन ९ गते काठमाडौं उपत्यकाका तीनै जिल्लाका नेता कार्यकर्ताहरुलाई जसपाले रत्नपार्कमा भेला हुन भनेको छ । महानगर, नगरलगायतमा नेता कार्यकर्तालाई जसपाले काठमाडौंमा उतार्दै छ ।

बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिगामी कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ । जसपाले आफ्ना कार्यक्रमलाई पछिल्लो समयमा सशक्त पार्दै लगेको छ ।

जसपाका केही नेताहरुले प्रधानमन्त्री ओलीले मधेसलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताउँदै आएका छन् । ओलीको चिन्ता सत्ताको मात्रै भएको भन्दै वरिष्ठ नेता राजेन्द्र महतोले अब उनको दिन धेरै नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्