भागरथी हत्या प्रकरण : डिआइजी र पत्रकारबीच यस्तो सवालजवाफ भयो


ओकेजनता डेस्क
५ फाल्गुन २०७७, बुधबार

काठमाडौं । भागरथी हत्या प्रकरणमा संलग्न रहेको भन्दै प्रशरीले आज बैतडीकै एक युवकलाई सार्वजनिक गरेको छ ।

स्थानीय सनातन धर्म माविमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई प्रहरीले हत्यामा संलग्न भएको धेरै प्रमाण फेला परेपछि पक्राउ गरेका जनाएको छ ।

आज पत्रकार सम्मेलनका क्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु प्रहरीसँग बाझिएका थिए । पत्रकारले प्रहरीसँग पर्याप्त आधार नभएको तर्फ संकेत गरेका थिए । केन्द्रबाट सञ्चालित सञ्चारमाध्यममा अगाडि नै समाचार आइसक्ने र स्थानीय पत्रकारहरुलाई पर्याप्त आधार नदिएको भन्दै केही पत्रकारले प्रश्न गरेका थिए ।

सबैले देख्ने र आवातजावत गर्ने स्थानमा ती युवाले कसरी हत्या गरे भन्ने पत्रकारको प्रश्नमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले नहुनु थियो भयो भन्ने जवाफ फर्काएका थिए । यथेष्ठ प्रमाणका आधारमा दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरिएको सुवेदीको दाबी छ ।

दिनेशको शरिरमा पनि घाउ चोटपटक देखिएको सुवेदीले बताए । पत्रकारले निर्मला पन्तको जस्तै घटनालाई नबंग्याउन प्रहरीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्