‘घर जलिसक्यो, बम विस्फोट गराएर भएपनि बाँकी भाग बचाऔँ’


ओकेजनता डेस्क
५ फाल्गुन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को निर्णय गर्दै जाँदा यता दाहाल–नेपाल पक्षले दबाब दिन सकिरहेको छैन । आन्दोलनमा हुमिएको दाहाल–नेपाल पक्षले जनतालाई सुसूचित पार्न नसक्दा केही समस्या भएको जानकारहरु बताउँछन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘प्रतिनिधि सभा विघटन यदि सदर भयो भने संविधान पूरै खोक्रो हुन्छ, अहिले पनि केही पाना च्यातिएकै छन् ।’ ‘जलिरहेको घरलाई बाँकी भाग बचाउन बम विस्फोटै गनुपर्ने हुन्छ त्यसै भइसकेको छ संविधान’ त्रिपाठीले भने ।

पाँचवर्षे म्यान्डेड पाएको सरकारले जनतालाई झुक्याएको त्रिपाठीको तर्क छ । बहुमतले समर्थन गरेर जारी गरेको संविधानलाई एक ओली नामको पात्रले च्यात्न नमिल्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीलाई एउटा सुविधा दिन पनि त्रिपाठीको माग छ ।

उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत भएको दाबी गरिरहेका छन्, उनलाई एकपटक संसद पुनस्र्थापना गरेर बहुमत देखाउन लगाउनुपर्छ ।’

एकातिर कामै गर्न पाइएन भन्ने अर्को तिर आफूले गरेको कामको फेहरिस्त देखाउने यसरी हेर्दा प्रधानमन्त्रीले चेत गुमाएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्