गर्भवती छोरीलाई सडकमै अलपत्र छाडेर भागे बाबु


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । समाजमा अहिले विभिन्न प्रकृतिका घटना भइरहेका छन् । मोरङको विराटनगरस्थित एक बाबुले आफ्नै गर्भवती छोरी छोडेर बेपत्ता भएका छन् ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला

भाउजुको भाइले करणी गरी गर्भवती भएको बताउने ती बालिका अहिले बेसाहारा भएकी छन् । भारतबाट सानिमाको घर जाने भन्दै १३ वर्षीया छोरीलाई लिएर विराटनगर आएका बाबु अहिले छोरी छोडेर सम्पर्कविहीन् भएका छन् ।

बालिकाको पेटमा भाउजुका भाइले बलात्कार गरी गर्भ बनाएका छन् । २९ माघमा नागेन्द्रले सात महिनाकी गर्भवती छोरीलाई सुनसरीको भाण्टाबारी हुँदै विराटनगर ल्याएका थिए ।

सोही दिन जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि छाडेर उनी भागेको एबीसी नेपाल विराटनगरकी प्रमुख विष्णु शर्मा पन्तले जानकारी दिइन् ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला

दिनभरि प्रशासन कार्यालय अगाडि रोएर बसेकी बालिकालाई प्रहरीले उद्दार गरी एबीसी नेपालको संरक्षणमा राखेको छ ।

एबीसीको संरक्षणमा रहेका बेला बिरामी परेकी उनको कोसी अस्पताल विराटनगरमा जाँच गराउदा सात महिनाको गर्भ रहेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्