भागरथी हत्याकाण्ड : महेन्द्रनगरबाट भारततर्फ लागेका यी व्यक्ति पक्राउ !


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की भागरथी भट्टको हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परेका छन् ।

कञ्चनपुरबाट भारत जान लागेको शंका लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । भागरथी विद्यालयबाट घर फर्किने क्रममा ती व्यक्ति सँगै निस्किएको पाइएको छ ।

बलात्कारपछि हत्यामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै पक्राउ परेका व्यक्तिमाथि थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ती व्यक्तिको नाम भने खुलाएको छैन ।

एक प्रहरी अधिकारीका अनुसार घटनासँग ती व्यक्तिको संलग्नता हुनसक्ने धेरै प्रमाण जुटेका छन् । भारथी हत्याको मंगलबार १४ दिन पुगिसकेको छ ।

अहिलेसम्म हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानीय आक्रोशित बन्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्