प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धाको सुनुवाई अन्तिम चरणमा, एमिकस क्युरीले राय दिँदै


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका एक दर्जन रिट विरुद्धको सुनुवाईको अन्तिम तयारी भइरहेको छ । सम्भवतः फैसला फागुन दोस्रो साताभित्रै हुनेछ ।

अहिले एमिकस क्युरीका तर्फबाट राय दिने क्रम जारी छ । सर्वोच्च अदालतले माग गरेअनुसार राय दिनका लागि बार एशोसियसनबाट गएका बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च बारबाट गएका पूर्णमान शाक्य र गीता संग्रौलाको एमिकस क्युयरी गठन गरएको थियो ।

संवैधानिक इजलासमा दुवै पक्षका वकिलबीच बहस सकिएपछि एमिकस क्युरीबाट राय लिने क्रम आजबाट शुरु भएको छ ।

एमिकस क्युरी इजलासको सहयोगी हो उसले दिएको राय अनुसार नै फैसला हुन्छ भन्ने हुँदैन ।

संवैधानिक इजलासमा एमिकस क्युरीको बहसपछि ढिलोमा फागुन दोस्रो सातासम्म फैसला आउने सम्भावना छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अध्यक्षताको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसी सदस्य छन् ।

प्रतिनिधिसभा विघटन भएको फागुन ५ गते २ महिना पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस्