सोमबहादुरले गरे कोदालो प्रहार, एकको मृत्यु पाँच घाइते


ओकेजनता डेस्क
४ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । मानसिक सन्तुलन गुमाएका एक व्यक्तिले बागलुङमा अन्धाधुन्ध कोदालो प्रहार गरेका छन् ।

सोमबार एक्कासी कोदालो बोकेर अएका ती व्यक्तिले एक स्थानीयको टाउकोमा बजारेका थिए ।

कोदालो प्रहारबाट एकजनाको मृत्यु भयो भने पाँचजना घाइते भएका छन् । स्थानीय सोमबहादुर किसानले कोदालो प्रहार गरेका थिए ।

कोदालोबाट गम्भीर घाइते भएका स्थानीय यामबहादुर केसीको धवालागिरी अस्पतालमा उपचार भइरहेको छ ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएका ६५ वर्षीया विष्णुमति चापागाईँ र ३६ वर्षीया लक्ष्मी चापागाईँलाई धवलागिरि अस्पताल बागलुङमा उपचारपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा सिफारिस गरिएको छ ।

अन्य घाइते ३८ वर्षीया देवी गौतम, उनका ६ वर्षीय छोरा अमृत गौतम र १९ वर्षीया छोरी अनिता गौतमको धवलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्