बाघ आतंक : धारामा पानी लिन गएका छैनन् गाउँले …


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । कैलालीको गौरीगंगा गाउँपालिका वडा नम्बर ५ अण्डैयामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भयो । जंगलमा घाँस दाउरा गर्ने क्रममा ती महिलालाई बाघले आक्रमण गरेको स्थानीयको भनाइ छ । सँगै जंगलमा गएकी एक किशोरीले आक्रमण गरेको देखेकी थिइन् ।

स्थानीय कला धामीलाई बाघले आक्रमण गरेको हो । ओके जनता डटकमले स्थानीय चेतमान विष्टसँग कुरा गर्दा ती महिलालाई बाघले घिसार्दै गरेको सँगै गएकी एक किशोरीले देखेकी थिइन् । गाउँमा सोमबार पनि बाघ घुमिरहेको विष्टले बताए ।

गाउँका मानिस बाघको त्रासले अहिले पनि पानी भर्न जान सकेका छैनन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई सम्पर्क गर्दा फोन उठेन ।

मृतक कला धामीको धनगढीमा पोष्टमार्टम भएको छ । उनको शव अहिले घरमा ल्याइएको छ । बाघले आतंक मच्चाएको भन्दै गाउँका मानिसले नियन्त्रणमा लिन पाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्