काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी राष्ट्रको जग हल्लाएको आरोप लगाएका छन् ।
चितवनमा प्रतिगमनविरुद्ध कांग्रेसले आयोजना गरेको विरोध सभामा बोल्दै नेता थापाले प्रधानमन्त्री ओली तानाशाही बन्दै गएको आरोप लगाए । संविधानमा नभएको अधिकार प्रयोग गरेर देशलाई अध्याँरो सुरुङ तर्फ धकेल्न ओलीले प्रयत्न गरेको उनको तर्क छ ।
लामो समय अस्थीर बनेको नेपालमा नेकपाको दुई तिहाइले झनै अस्थीर तुल्याएको थापाको दाबी छ । जनताको मतलाई स्वीकार गर्दै कांग्रेस प्रतिपक्षीको भूमिकामा रहेका बेला नेकपाको सत्ता लुछाचुडीले चुनौति थपिएको उनको भनाइ छ ।
२०१५ सालमा बीपी कोइरालाले राजा महेन्द्रको विश्वास गर्दा समस्यामा परेको स्मरण गर्दै थापाले ओलीको विश्वासले मुलुकनै खतरामा परेको औँल्याउनुभयो ।
उनले यो संविधानको शासन हो की, सनकको शासन हो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन् ।