ओलीले अन्तिम इच्छा पूरा गर्दैछन् : प्रचण्ड


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटोमा जानुको कारण राजामहाराजाको सिको गर्न खोजेको आरोप लगाएका छन् ।

मुलुकबाट राजतन्त्रको युग अन्त्य भइसकेपनि उनका अवशेषहरु अझै बचेको प्रति प्रचण्डले दुःख व्यक्त गरे । सोमबार गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले ओलीको यो चाहाना छिट्टै तुहिने बताए ।

ओलीले अहिले विभिन्न प्रलोभनमा फरक–फरक दलका नेता कार्यकर्तालाई जम्मा पारेर आफ्नो अन्तिम इच्छा पूरा गरिरहेको प्रचण्डको दाबी छ । आफूहरु लोकतन्त्र र संविधान मिचिएको विरुद्धमा आन्दोलनरत रहेको बताउँदै प्रचण्डले व्यवस्था धरापमा पार्न खोज्ने खलनायकको पतन हुने बताए ।

ओलीले निर्वाचन गर्नका लागि प्रतिगमन निम्त्याएको नभइ व्यवस्था धरापमा पार्न उद्दत रहेको उनको आरोप छ । नेकपाभित्रको विवाद यथावत रहेको बेला निर्वाचन आयोगले पनि निर्वाचनका लागि तयारी गर्न नसक्ने प्रचण्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्