प्रदेश १ का मुख्यमन्त्रीलाई ठूलो झट्का


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिस्तारै दबाब बढ्दै गएको छ । नेकपा (दाहाल–नेपाल पक्ष)का १६ जना सांसदलाई कारबाही गरेका राईविरुद्ध कांग्रेस पनि उभिएको छ ।

सोमबार प्रदेश नम्बर १ ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सव समारोहमा एकल रुपमा ओली पक्ष मात्रै सहभागी बनेको छ । आयु गुमाइसकेको सरकारको पक्षमा लाग्न नसक्ने भन्दै दाहाल–नेपाल पक्षका नेताले अघोषि रुपमा कार्यक्रम बहिस्कार गरेका छन् ।

दाहाल–नेपाल पक्षका नेता ईन्द्र आङ्बोले सरकारको वैधता सकिएकाले कार्यक्रममा सहभागी हुन नसकिएको बताए ।

यता, नेपाली कांग्रेसले पनि वार्षिकोत्सव कार्यक्रम बहिस्कार गरेको छ । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश १ सरकारको आयु समाप्त भएकोले कार्यक्रममा सहभागी हुन नसकेको बताए ।

उनले पार्टीको कार्यक्रम भएकोले पनि समय नमिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्