म्यानमारमा इन्टरनेट बन्द, सडकमा सेनाको बख्तरबन्द


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । म्यानमारमा निर्वाचित सरकारलाई लत्याएर शासन सत्ता आफू हत्याएको सेना थप क्रुर बन्दै गएको छ । सेनाले देशभरी आफ्नो उपस्थिति बलियो तुल्याएको छ ।

सबै क्षेत्रमा इन्टरनेट सेवा रद्द गरिएको छ । सडकमा बख्तरबन्द गाडि तैनाथ भएका छन् । सेनाको रवैया देखेर म्यानमारका जनता त्राहीमाम भएका छन् ।

नेपाली समय अनुसार आइतबार सवा १२ बजेदेखि सबै इन्टरनेट सेवा बन्द गरिएको हो । म्यानमारकी नेतृ आङसाङ सुकी लगायतलाई गिरफ्तार गरेर सेनाले शासन हत्याएको हो ।

अहिले सेनाको विरोधमा सबै जनता सडकमा उत्रिएका छन् । विभिन्न पेसाकर्मी, बौद्धभिक्षुहरु सडकमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्