प्रधानमन्त्री ओली आजबाट सिंहदरबारको मूल भवनमा


ओकेजनता डेस्क
३ फाल्गुन २०७७, सोमबार

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएको सिंहदरबारस्थित मूल भवन प्रबलीकरण भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आजबाट सर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भवन बनेसँगै आज रिबन काटेर प्रवेश गर्दैछन् । भूकम्प जानुअघि सोही भवनबाटै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालित थियो ।

प्रधानमन्त्री ओली भने त्यही पुरानो भवनबाटै कार्यसञ्चालन गर्दै आएका थिए ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवनका चार मोहोडामध्ये ३ वटा मोहोडाको पुनर्निर्माण सकिएको छ ।

चन्द्रसमशेरले नै बनाएको पश्चिम मोहोडाको भवनको पुनर्निर्माण चलिरहे पनि २०३० सालमा आगलागीपछि बनाइएको पूर्वी, उत्तर र दक्षिण मोहोडाका भवनहरुको पूनर्निर्माणको काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्