भागरथी हत्यामा यी शिक्षकदेखि सरकारी कर्मचारीसम्म शंकाको घेरामा !


ओकेजनता डेस्क
२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको १२ दिन पुगेको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी घटनास्थलमै छन् ।

१२ दिनसम्म प्रहरीले भागरथीका आफन्त, शिक्षक, अन्य सरकारी कर्मचारीहरुलाई सोधपुछ गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट केही कर्मचारीको व्यवहार शंकास्पद लागेको प्रहरीले जनाएको छ ।

क्लोज रिङ बनाएर अनुसन्धान गरिरहेको प्रहरीले हत्यारासम्म पुग्न भागरथीको मोबाइल सहज बनेको दाबी गरेको छ । यद्यपि घटना भएको बुधबार साँझ भागरथीले भारतीय सीमकार्ड प्रयोग गरेको पाइएको थियो ।

प्रहरीले छिट्टै हत्यारासम्म पुग्ने बताइरहँदा लामो समयसम्म भागरथीको शव स्थानीय अस्पतालमै राखिएको छ । भागरथीका आफन्त र गाउँलेले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने बताइरहेका छन् । आखिर भागरथीको कसले हत्या गर्यो पेचिलो प्रश्न उब्जिएको छ ।

लामो समय बितिसक्दा पनि हत्यारा पत्ता नलाग्दा स्थानीय निरास भएका छन् । केन्द्रबाट पनि अनुसन्धानका लागि प्रहरीको टोली बैतडीमा छ । यतिबेला प्रहरीको ध्यान पनि भागरथी हत्याकाण्डमा केन्द्रीत बनेको छ ।

निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको अवस्थामा भागरथीको हत्या प्रहरीका लागि ठूलो तनाव बनेको छ । गृहमन्त्री रामबहादुर थापामाथि यो घटनाका कारण दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्