विनयजंगले नांगो तस्बिर सार्वजनिक गर्छु भनेपछि सपना प्रहरी शरणमा…


ओकेजनता डेस्क
२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । भर्खरै बीबीसीको १०० प्रभावशाली महिलामा समेटिएकी सपना रोकामगरले सामाजिक अभियन्ता विनयजंग बस्नेतविरुद्ध जाहेरी दिएकी छन् ।

बस्नेतले आफूलाई बारम्बार टर्चर दिइरहेको भन्दै सपनाले जाहेरी दिएको बताएकी छन् । लामो समय बाबुछोरीका रुपमा परिचित सपना र विनयको पछिल्लो समय विवाद बढ्दै गएको थियो ।

सपना बीबीसीको १०० प्रभावशाली महिलामा समेटिएपछि बस्नेतको सम्पर्क बाहिर थिइन् । बस्नेतले सपनालाई आफूले नै यो स्थानमा पुर्याएको दाबी गर्दै आएका छन् ।

सपनाले पनि बस्नेतले नै आफूलाई यो सफलतासम्म ल्याएको स्वीकारेकी छन् । सपनाले महानगरीय प्रहरी परिसर टेकूमा जाहेरी दिएकी हुन् ।

टेकू प्रहरीले बस्नेतको पक्राउका लागि अदालतसँग पक्राउ पूर्जी लिने प्रक्रिया अगाडि बढाएको छ । बस्नेतले सपनाको नांगो तस्बिर आफूसँग भएको दाबी गर्दै आएका छन् ।

सपनाले सामाजिक रुपमा आफूमाथि बेइजती गरेको भन्दै आफन्त र साथीभाइको सल्लाहमा उजुरी दिएको बताएकी थिइन् । यतिबेला सपना रोकामगरले पनि बस्नेतलाई धोका दिएको सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।

सपनाले बस्नेतसँग बाबुछोरीको सम्बन्ध रहेको दाबी गरेकी छन् भने बस्नेतले नांगो तस्बिर मोबाइल र पेनड्राइभमा रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्