यात्रुवहाक बस दुर्घटना हुँदा १४ को मृृत्यु, ४ गम्भीर घाइते


ओकेजनता डेस्क
२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । भारतमा बस र ट्रक एकआपसमा ठोक्किएको छ । आन्ध्र प्रदेशमा भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार ४ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटना आइतबार बिहान ४ बजे कर्नुल जिल्लाको मदरपुर गाउँमा भएको हो । दुर्घटनमा मृत्यु हुनेमा ८ महिला रहेका छन् । अन्य ५ पुरुष र एक बालकको पनि मृत्यु भएको छ ।

यात्रुहरु सबै तीर्थ यात्रामा रहेका थिए । यात्रुवाहक बस अनियन्त्रित भएर विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोकिएको थियो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते पाँच जनाको कर्नुलका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्