स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइँदै


ओकेजनता डेस्क
२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप आजबाट सरकारी कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दिइँदै छ ।

यसअघि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । सरकारले मापदण्ड तोकेअनुसार कोरोनाको खोप लगाउने नागरिकको संख्यामा भने वृद्धि भएन ।

सरकारले सन् २०२१ भित्र सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाइसक्ने दाबी गरेको छ । अब चीनले पनि कोरोनाविरुद्धको खोप अनुदान दिँदैछ ।

यसअघि कोरोनाको त्राहीमाममा रहेका नागरिक अब भने डरमुक्त भएका छन् । स्वच्छ आहार व्यवहारले कोरोनालाई जित्न सकिने चिकित्सकीय दाबी अनुसार नागरिक त्यसतर्फ उन्मुख छन् ।

प्रतिक्रिया दिनुहोस्