‘प्रणय दिवस’मा के गर्ने के नगर्ने ?


ओकेजनता डेस्क
२ फाल्गुन २०७७, आईतवार

काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेमप्रेमिकाले एकआपसमा मायाप्रेम साँटासाँट गरेर मनाउँदै छन् ।

हरेक फेब्रुअरी १४ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले आज एकले अर्कोलाई प्रेम प्रस्ताव राख्ने दिन पनि हो । आज कोमल मन लिएर एकले अर्कोलाई माया दर्शाउने र जुनीजुनीसँगै बाच्ने प्रण गर्ने दिन पनि हो ।

अहिले प्रणय दिवस युवापुस्तामा फेसनकै रुपमा रहेको पाइन्छ । संसारभरका युवापुस्ता यो दिनलाई विशेष रुपमा लिने गर्दछन् । यो दिवस विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई प्रेम गरेकै निहुँमा मृत्युदण्ड दिएको आजकै दिन हो ।

आज के गर्ने के नगर्ने ?

  • प्रेम जीवन चलाउने अस्त्र हो, नवविवाहित, विवाहित जोडीले आफ्नो श्रीमतीलाई आज खुसी राख्नुपर्छ ।
  • सामाजिक सञ्जालमा फोटो पोष्ट्याउने ।
  • बिहानै शुभकामना आदानप्रदान गर्ने ।
  • प्रेमील जोडीले आजकै दिन प्रेम प्रस्ताव राख्ने ।
  • आजैबाट जुनीजुनी साथ दिने कसम खाने ।

प्रतिक्रिया दिनुहोस्