प्रधानमन्त्री केपी शर्मा ओलीलाई लाग्यो गम्भीर आरोप !


ओकेजनता डेस्क
१ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन हुँदैछ । सोही शक्ति प्रदर्शनमा जनमास उतार्न भन्दै सुकुम्बासीले लालपूर्जा पाउने भ्रम छरिएको आरोप ओली पक्षलाई लागेको छ ।

शक्ति प्रदर्शनमा सहभागी हुनेहरुलाई लालपूर्जा वितरण गरिने ओली पक्षका नेताहरुले गाउँमा भ्रम फैलाएका छन् । रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासीका सुकुम्बासी बस्तमिा पुगेर ओली पक्षका नेता कार्यकर्ताले शक्ति प्रदर्शनमा गए पूर्जा ग्यारेन्टी भन्दै भ्रम छरेको प्रतिपक्षी दल नेपाली कांग्रेसको आरोप छ ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला ।

शक्ति र सत्ताको चरम दुरुपयोग गर्दै ओली पक्ष अराजक बन्दै गएको कांग्रेस र नेकपा (दाहाल–नेपाल पक्षको आरोप छ । सुकुम्बासी बस्तीबाट सभामा आउनेको रेकर्ड राखिने र छिट्टै पूर्जा वितरण गरिने अफवाह फैलाइएको एक नेताले बताए ।

राती–राती ओली पक्षका कार्यकर्ता सुकुम्बासीका घर छिर्ने र गोप्यमा सभामा सहभागी हुन ह्वीप जारी गर्ने गरेको कांग्रेसको आरोप छ । राजनीतिक रुपमा कमजोर बनिसकेको ओली पक्षले सत्ताको चरम दुरुपयोग गर्दै र देशको ढुकुटीमा राज गर्दै आमसभा गरेर हिड्नु गैरकानुनी भएको दाहाल–नेपाल पक्षका नेताको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्