आज जनयुद्ध दिवस, पेरिसडाँडामा प्रचण्डको उपस्थिति रहने


ओकेजनता डेस्क
१ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले आज देशैभर जनयुद्ध दिवस मनाउँदै छ ।

१० वर्षे सशस्त्रद्वन्द्व शुरु गरिएको सम्झनामा आज जनयुद्ध दिवस मनाउन लागिएको प्रवक्ता नारायणकजी श्रेष्ठले बताए ।

आज देशैभरका नेता, कार्यकर्ताहरुलाई जनयुद्ध दिवस मनाउन सर्कुलर गरिएको श्रेष्ठको भनाइ छ ।

आज शहिद स्मृति तथा सम्मान कार्यक्रम दाहाल–नेपाल पक्षको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ९ बजे हुँदैछ । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहनेछ ।

अर्का अध्यक्ष माधवकुमार नेपाल धनकुटा कार्यक्रममा रहेकाले उपस्थित रहने छैनन् । यद्यपि कार्यक्रम सल्लाह बमोजिम गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्