आज ओली पक्षको बृहत्त प्रदर्शन बुटवलमा


ओकेजनता डेस्क
१ फाल्गुन २०७७, शनिबार

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले शनिबार बुटवलमा बृहत्त शक्ति प्रदर्शन गर्दैछ ।

आज हुने शक्ति प्रदर्शन कार्यक्रममा दुई लाख भन्दा बढी जनमास उतार्ने ओली पक्षको दाबी छ ।

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाँदैछन् । अहिले नेकपाका दुई पक्षले आआफ्नो शक्ति प्रदर्शन जारी राखेका छन् । ओली पक्षले संसद विघटन गर्नुपर्ने आफ्नो बाध्यता रहेको दाबी गर्दै आएको छ ।

तलको समाचार हेर्न फोटोमा क्लिक गर्नुहोला ।

नेकपा विभाजन भएर अहिले दाहाल–नेपाल पक्ष र ओली पक्ष बनेको छ । उनीहरु आधिकारिक रुपमा विभाजित नभएपनि व्यवहारिक रुपमा विभाजित भइसकेका छन् ।

निर्वाचन आयोगले पुस ५ गते पछाडिका निर्णयलाई मान्यता नदिए पनि आयोगमा दल भने नेकपा नै दर्ता छ ।

तलको समाचार हेर्न फोटोमा क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्