काठमाडौंमा फागुन १ र २ गते विद्युत ठप्प हुने


ओकेजनता डेस्क
३० माघ २०७७, शुक्रबार

काठमाडौं । काठमाडौंमा फागुन १ र २ गते विद्युत आपूर्ति ठप्प हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सडक बिस्तार भइरहेको स्थानमा विद्युतीय संरचना बिस्तार गर्नुपर्ने भएकोले विद्युत आपूर्ति ठप्प हुने प्राधिकरणको भनाइ छ ।

१ र २ गते काठमाडौंको कपन, गोठाटार, साँखु र कोटेश्वरमा विद्युत आपूर्ति हुने छैन । फागुन १ गते साँखु फिडरबाट प्रशारित गोकर्णेश्वर, बीपी चोकदेखि सुन्दरीजल, मेलम्ची दोबाटो, काठमाडौं उपत्यका खानेपाली प्रशोसन केन्द्र र सोही सडक खण्डको आसपासका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बिद्युत सेवा बन्द हुनेछ ।

तलको समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला ।

१ गते नै गोठाटार फिटरबाट वितरित पेप्सीकोला उद्योग, टाउन प्लानिङ आसपासका क्षेत्रमा विहान ११ बनेदेखि साढे १२ बजेसम्म बिद्युत सेवा बन्द हुनेछ ।

त्यही दिन कोटेश्वर फिडरबाट वितरण गरिएकामध्ये जडिबुटी र नरेफाँट क्षेत्रमा दिउँसो साढे १ देखि साढे २ बजेसम्म विद्युत सेवा बन्द हुनेछ ।

फागुन २ गते कपन फिडरबाट वितरितमध्ये भण्डारी गार्मेन्ट, नीलो पुल, ढलाने पुल, बुढानीलकण्ड नपरपालिका १० र आसपासका क्षेत्रमा दिउँसो ११ बजेदेखि साढे १ बजेसम्म बिद्यु्त सेवा बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्