मुख्यमन्त्री राई धरापमा, दाहाल–नेपाल पक्षमा कांग्रेस !


ओकेजनता डेस्क
३० माघ २०७७, शुक्रबार

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद धरापमा परेको छ । उनीमाथि अविश्वासको प्रस्ताव दर्ता भएसँगै राई बैठक छलिरहेका छन् ।

यतिमात्र होइन आफ्नो पक्षमा माहोल नबनेसम्म हिउँदे अधिवेशनको आगामी बैठक पनि अवरुद्ध पार्ने ओली पक्षको तयारी छ ।

यसअघि पनि माघ ७ र २५ गते बोलाइएको प्रदेशसभा बैठकमा ओली पक्षले अवरोध गरेको थियो । आगामी दिनमा पनि कांग्रेसले साथ नदिने भएपछि ओली पक्ष संकटमा परेको छ ।

ओली पक्षले यसअघि दाहाल–नेपाल पक्षका १६ जना सांसदलाई कारबाही गरेको छ । कारबाही गरेका सांसदहरुले बैठकमा प्रवेश गर्न नपाउने मुख्यमन्त्री राईको भनाइ छ ।

तलको समाचार हेर्न फोटोमा क्लिक गर्नुहोला ।

प्रदेशसभा बैठकमा अवरोध सिर्जना हुने देखिएपछि यसअघि बैठकस्थलका सबै कुर्सी वइल्डिङ गरिएको थियो । बैठकमा अझै पनि तनाव हुने देखिएको छ ।

मुख्यमन्त्री राई अल्पमतमा भएपनि मुडे बल प्रयोग गरेर सत्तामा लिप्सिएका छन् ।

मुख्यमन्त्री राईले यसअघि अविश्वासको प्रस्ताव फेस गर्ने बताएका थिए तर, उनको बोली एक महिना टिक्न नपाउँदै तुहिएको छ ।

प्रतिक्रिया दिनुहोस्