रामकुमारी झाक्री रिहा


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाक्री रिहा भएकी छन ।

झाँक्रीलाई रिहा लगत्तै उनको श्रीमानको जिम्मा लगाइएको अपराध महाशाखा प्रमुख दीपक थापाले बताए ।

झाँक्रीलाई आज दिउँसो १ बजे उनकै निवास शंकमुलबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई ५ घण्टा महानगरीय अपराध महाशाखामा राखिएको थियो ।

उनले लोकतन्त्रको पक्षमा बोल्न र तानाशाही प्रवृत्तिका विरुद्ध खरो रुपमा उत्रिने बताएकी छन् ।

रिहा हुँदै गर्दा उनले प्रतिगामी र निरंकुश सरकारले घुँडा टेकेको प्रतिक्रिया दिइन् ।

प्रतिक्रिया दिनुहोस्