रामकुमारी झाँक्रीको घरमा झडप, यस्तो छ दृष्य


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास अगाडि छ ।

नेकपाका नेता कार्यकर्ताहरुले रामकुमारी झाँक्री हाइहाइ, केपी विद्या बाइबाइ भन्दै नाराबाजी गरिरहेका छन् । प्रहरीले झाँक्रीलाई पक्राउ गर्न जबरजस्ती गरेपछि झडप भएको छ ।

झडपमा परी एकजना घाइते भएको प्रहरीले बताएको छ । झाँक्रीको पूरै घर प्रहरी र नेता कार्यकर्ताले भरिभराउ भएको छ । झाँक्रीले आफूलाई पक्राउ पूर्जी चाहिने बताएकी छन् ।

प्रहरीले उनलाई हालसम्म पक्राउ पूर्जी दिएको छैन । तानाशाही शैलीमा झाँक्रीलाई गिरफ्तार गर्न खोजेको नेता, कार्यकर्ताको भनाइ छ । प्रहरीले अहिले बल प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्