रामकुमारी झाक्रीको घर प्रहरी घेरामा…


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेको छ ।

झाँक्रीले प्रहरीले बोलाएपछि आउन नमानेपछि प्रहरी उनको निवासमा पुगेको हो । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट्याउँदै दाहाल–नेपाल पक्षका नेता सूर्य सुवेदी पथिकले झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको पुष्टि गरे ।

झाँक्रीको शंकमुलस्थित घरमा प्रहरी अपराध महाशाखाको टोली पुगेको छ । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अमर्यादित शब्द प्रयोग गरेको ओली पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्