रामकुमारी झाँक्रीलाई प्रहरी बोलायो, यस्तो छ तयारी


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अभद्र शब्द प्रयोग गरेको भन्दै ओली पक्षको अनेमासंघले गृहमन्त्री रामबहादुुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाएको थियो ।

प्रहरीका अनुसार झाँक्रीलाई उपस्थित हुन भनिएको छ । प्रहरीको कुरालाई वेवास्ता गरे पक्राउ गर्ने तयारी गरिएको अपराध महाशाखाका प्रमुख दीपक थापाले बताए ।

पछिल्लो समय प्रहरीले झाँक्रीलाई पछ्याइरहेको छ । झाँक्रीले गोरखाको एक कार्यक्रममा राष्ट्रपति प्रधानमन्त्री केपी शर्मा ओलीको लालमोहर भएको भन्दै कि घर जान नभए बालकोट जान भनेकी थिइन् ।

मुलुकलाई नै संकटमा ढाल्ने प्रयत्न गरिरहेको भन्दै झाँक्रीले राष्ट्रपतिमाथि यो शब्द प्रयोग गर्दा कुनै पछुतो नभएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्