यस्ता देखिए दुई श्रृंखला : कमजोर बन्दै ओली वाण !


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । पछिल्लो समय मुलुकमा विद्यमान राजनीतिमा नेकपाको विभाजनले संकट पैदा भएको छ । जनताको दुई तिहाइ नजिक जनमत पाएको नेकपाका लागि अहिलेको परिस्थिति जटिल बनेको छ ।

शीर्ष नेताको व्यक्तिगत इगोका कारण लाखौ नेता, कार्यकर्ताको भविष्य अध्याँरो सुरुङ तर्फ धकेलिएको छ । कम्युनिष्टका दुई ठूला शक्ति पूर्व एमाले र माओवादी एक भएर बनेको नेकपा तीन वर्ष नहुँदै भत्केको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अहमता र एकलकाटे निर्णयले पार्टी विभाजनको संहारमा पुगेको नेकपा (दाहाल–नेपाल पक्ष)को दाबी छ । यता, पार्टीभित्रै बाट काम गर्ने वातावरण सिर्जना नभएपछि अलग हुनुपरेको ओली पक्षको तर्क छ ।

कसको गल्ती कति ?

यतिबेला नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । एकले अर्कोलाई सकेजतिको आरोपपत्यारोप गरिरहेका छन् । आफ्ना व्यक्तिगत विषयलाई पनि दुवै पक्षले राजनीतिकीकरण गरिरहेका छन् । एकले अर्कोलाई कमजोर साबित गर्न ठूलो मास जम्मा पार्ने पयत्न गरिरहेका छन् । काठमाडौंलगायत देशका मुख्य शहरमा उनीहरुले जनसभा पनि गरेका छन् ।

यो समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला

पछिल्लो समयको नजीर हेर्दा पार्टी एकताका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आधा–आधा प्रधानमन्त्रीको जिम्मेवारी लिने भद्र सहमति भएको थियो । तर, त्यो विषय बीचमा आएर टुंगियो । प्रधानमन्त्री ओलीले आफै नै पूर्ण भूमिकामा रहने बताएपछि प्रचण्डले सहजै रुपमा स्वीकारेका थिए ।

प्रचण्डलाई पार्टी र सांगठनिक संरचना निर्माणमा सक्रिय हुन जिम्मेवारी दिइएको थियो । तर, प्रचण्डले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटी बैठक र सचिवालय बैठक बोलाउँदा निरन्तर अवरोध भएको थियो ।

प्रधानमन्त्री ओलीले आफै प्रथम अध्यक्ष भएको स्वघोषणा गरेका थिए । सहमति अनुसार दुवैको हैसियत बराबर राखिएको थियो । यसरी हेर्दा प्रधानमन्त्री ओलीले पहिलेदेखि नै बाटो बिराएका थिए ।

यो समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला

भदौ २६ गतेको नेकपा स्थायी कमिटी बैठकले दुवै अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको थियो । मंसिरभित्र पार्टीको सांगठानिक संरचना निर्माण र महाधिवेशनको तयारी गर्न प्रचण्डलाई भनिएको थियो त्यो पनि समयमा पूरा हुन सकेन ।

यता, प्रधानमन्त्री ओलीले महत्वपूर्ण संवैधानिक नियुक्ति गर्दा पार्टीमा पर्याप्त छलफल बहस हुनुपर्ने भन्ने थियो तर उनले आफ्नो मनलाग्दी सामाजिक सञ्जालमा गालीगलौजमा सक्रियहरुलाई पदवी र नियुक्ति दिए ।

ओलीको वाण

पछिल्लो समय माघ २३ गतेको भेला यता प्रधानमन्त्री ओलीको तीक्ष्ण वाण कमजोर हुँदै गएको महसुश भएको छ । २३ गतेको जनसभामा उनले भनेजति मास नपाएपछि नयाँ कुरा बोल्न सकेनन् न हसाउन सके । उल्टै उनको शरिर कमजोर भएको महसुश हुन्थ्यो ।

यो समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसका अवसरमा पनि ओलीको मन आत्तिएको जस्तो देखिन्थ्यो । उनको प्रस्तुती निकै कमजोर बन्दै गएको छ । प्रधानमन्त्री ओली चिसोका कारण हो, या मनभित्रको पिरलोले हो कमजोर भएको भान हुन्छ, एक नेकपा नेताले बताए ।

यो समाचार पढ्न फोटोमा क्लिक गर्नुहोला

प्रतिक्रिया दिनुहोस्