आफूलाई हप्काएपछि ऋषि धमलाले नारायणकाजीबारे यस्तो भने


ओकेजनता डेस्क
२९ माघ २०७७, बिहीबार

काठमाडौं । बुधबार काठमाडौंको प्रदर्शनीमार्ग नेकपा (दाहाल–नेपाल पक्ष)को विरोध सभा चलिरहेको थियो । सभामा देशका विभिन्न भागबाट जनताको लहर छाएको थियो । दाहाल–नेपाल पक्षका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनसभा कस्तो हुन्छ, हेर्नुस् भन्दै मन्तव्य दिइरहेका थिए ।

काठमाडौंमा दुईलाख मानिस उतार्ने घोषणा गरेका दाहाल–नेपाल पक्षले त्यो पेरिफेरिमा मानिस आएको दाबी पनि गरे । बुधबारको जमात स्वःस्फूर्त रुपमा निस्किएको उनीहरुको दाबी पनि छ । विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले प्रधानमन्त्री ओली ठग रहेको बताए ।

यो पनि पढ्नुहोस्

ओलीले झुक्याएर, छलकपट गरेर सत्ता कब्जा गरेका र दुर्गतीको बाटो हिडेको दाहाल–नेपालको आरोप थियो । जनताको भावना बुझेर चाँडै राजीनामा दिन पनि दाहाल–नेपालले ओलीलाई सुझाए ।

नारायणकाजीबारे ऋषिको प्रतिक्रिया

कार्यक्रमको उत्तरार्धमा आएर त्यहाँ फरक दृष्यले माहोल तात्यो । पत्रकार ऋषि धमला पनि जनसभामा सहभागी भएर त्यहाँ उपस्थित भएका नेता, कार्यकर्ताहरुसँग प्रतिक्रिया लिइरहेका थिए । मञ्चबाट मन्तव्य दिइरहेका नारायणकाजी श्रेष्ठलाई धमलाको शैली मन परिरहेको थिएन ।

श्रेष्ठ जनमासमा आफ्नो धारणा सबैलाई सर्कुलर गर्न चाहान्थे तर, धमलाले कार्यक्रमको बीचमा प्रश्न गर्दा केही डिस्टर्ब भएको श्रेष्ठले महसुश गरे र स्टेजबाटै थर्काए धमलालाई । त्यहाँ अर्को कार्यक्रम नगर्नुस् ? ऋषि धमलाजी सुन्नुभएन, त्यहाँ कार्यक्रम गर्दै नगर्नुस् । कार्यक्रम सकिएपछि गर्नुहोला ।

ऋषि धमलाले नारायणकाजी आफूमाथि खनिनुको कुनै कारण नभइ आफ्नो वरिपरि मास देखेर आत्तिएको बताए । उनले भने, ‘मलाई देख्नासाथ मानिस झुम्मिए त्यै भएर उहाँलाई रिस उठेको होला ।’

स्वतन्त्र प्रेस जगतमा हुकुमे शैली नसुहाउने धमलाको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस्