नारायणकाजीले ओइ ऋषि धमला चुप लाग्नुस् भन्दै मञ्चबाटै थर्काएपछि…


ओकेजनता डेस्क
२८ माघ २०७७, बुधबार

काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)को बृहत्त जनसभा काठमाडौंको भृकुटीमण्डपमा जारी छ । त्यसैक्रममा नेकपा (दाहाल–नेपाल पक्ष)का प्रवक्ता नारायाणकाजी श्रेष्ठने मन्तव्य राखिरहेका थिए ।

मञ्चभन्दा अगाडि पत्रकार ऋषि धमलाले जनसभामा उपस्थित भएका नेता, कार्यकर्ताहरुसँग केही पश्न गरिरहेका थिए । उनले आजको जनसभाको बारेमा भन्नुस् किन आउनुभएको यहाँसम्म ? ऋषि धमलाले यो प्रश्न गर्दै गर्दा मञ्चमा भाषण गरिरहेका नारायणकाजीको रिसको पारो रोकिएन ।

उनले मुख छोडेरै भने, ‘ओइ ऋषि धमलाजी तपाईं चुप लाग्नुस्, त्यता अर्को सभा गर्ने होइन ?’ फेरि श्रेष्ठले भने, ‘उहाँले राम्रै काम गर्दै हुनुहुन्थ्यो तर अहिले होइन ।’

ऋषि धमलालाई नारायणकाजी श्रेष्ठले थर्काउँदै गर्दा सबै क्यामेरा ऋषितिर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्